शनिबार, भाद्र २७ गते २०८३
images

१८४ औं फोटोग्राफी दिवसको अवसरमा हनुमानढोकामा फोटो प्रदशनी!

एक्सप्रेस पाना
भाद्र २, २०८० शनिबार
  • 425
    SHARES
  • १८४ औं फोटोग्राफी दिवसको अवसरमा हनुमानढोकामा फोटो प्रदशनी!

                             १८४ औं फोटोग्राफी दिवसको अवसरमा हनुमानढोकामा फोटो प्रदशनी!

    images

    काठमाडौं । काठमाडौंको हनुमानढोका परिसरमा फोटो प्रदर्शनी आयोजना गरिएको छ। 

    १८४ औं फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले सिविन-नेपालसंगको सहकार्यमा “बालबालिका राष्ट्रिय गौरव हुन्-तस्वीरमा बालबालिका” फोटो प्रदर्शनी आयोजना गरेको हो।

    images

    WhatsApp Image 2023-08-19 at 07.10.08.jpeg

    प्रदर्शनीमा २५ जना फोटो पत्रकारका बालअधिकारको संरक्षण र प्रवर्द्धनमा समाजमा आएको सकारात्मक परिवर्तनलाई चित्रण गर्ने प्रकारका बालबालिकासम्बन्धी ६० वटा तस्वीरहरु राखिएको कार्यक्रम संयोजक तथा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठले जानकारी दिए।WhatsApp Image 2023-08-19 at 07.10.09 (2).jpeg

    WhatsApp Image 2023-08-19 at 07.10.06.jpeg

    कार्यक्रममा बालबालिकाको संरक्षणकालागि खडा गरिएको संयन्त्र बालहेल्पलाइन नेपाल १०९८ बारे जानकारी फैलाउने उद्देश्यले बाल हेल्पलाइन मोबाइल बुथ पनि प्रदर्शनमा राखिएको थियो।

    WhatsApp Image 2023-08-19 at 07.10.05.jpeg

    उक्त फोटो प्रदर्शनीले “बालबालिका राष्ट्रिय गौरव हुन्” अभियानलाई अझ बढी बल पुगेको र बालअधिकार आन्दोलनलाई अगाडि बढाउन महत्वपूर्ण सहयोग हुने बालअधिकार अभियान्ता तथा सिविन नेपालका संस्थापक अध्यक्ष गौरी प्रधानले बताए।WhatsApp Image 2023-08-19 at 07.10.09 (1).jpegWhatsApp Image 2023-08-19 at 07.10.11.jpegWhatsApp Image 2023-08-19 at 07.10.17.jpeg