जव म सव्जी लिन छोरीसंग बजारतिर गईरहेको थिए त्यसबेला मेरो छोरीको नजरमा नयाँ पत्रिकाको अन्तिम पृष्ठको समाचारमा आँखा पर्यो, त्यसमा लेखिएको थियो “महिला खेलाडीलाई ९ लाख पुरुष खेलाडीलाई १६ करोड।” छोरीले मलाई सोधिन् किन यस्तो बाबा म संग उत्तर थिएन, यद्यपी म यो प्रबृतिको विरोधमा छु। हुन त म बबुरोको बिरोध सर्मथन हुनुको कुनै अर्थ छैन किन कि मसंग कुनै झुण्ड र भिड छैन। त्यस घटनाले मेरो मनमा प्रश्न खेलिरह्यो।
विकसित मुलुकमा यस्तो भेदभाव छ। हामीकहाँ किन नहोस्। हुनत विदेशीहरुसंग संगत गर्दा विदेशीले नै महिला लिडर हुन सक्दैन भनेको सुनेकोछु। यो पुरातन सोच हो। गर्न सक्नु वा नसक्नु व्यक्तिगत क्षमता हो। लिङ्गसंग खासै अर्थ राख्दैन। हाम्रो धर्म संस्कृतिमा राधा-कृष्ण, सिता-राम, उमा-महेश्वर भनेको पाइन्छ। यसबाट पनि महिलाको स्थान बुझिन्छ।अहिले महिला विश्व फुटवल प्रतियोगिता चलिरहेकोछ तर चर्चानै छैन। यस्तो किन भइरहेकोछ ?“यत्र नार्यस्त पुज्यन्ते रमन्ते तत्र देवता” को भनाइले नारीको महिमा देखाउँछ र बुझाउँछ। गायत्री परिवारको अभियानमा केही अभियन्ताले यज्ञोपबित्र जनै लगाउने र शंख फुक्ने कुरा चर्चामा आएको छ।
हामी सानो छँदा महिलाले गीता पढ्न हुँदैन, बहुलाईन्छ भनिन्थ्यो। गायत्री मन्त्र पढ्न हुँदैन, मलामी जान हुँदैन आदि परम्परा हालसम्म विद्यमान छन्। सायद नारी कोमल मन भएर होला उनीहरुलाई जानु हुँदैन भनेको भन्ने मेरो तर्क छ। हरेक मानिसमा सोच फरक-फरक हुनसक्छ। चाहे अफगानिस्तान होस् या अरबि मुलुकमा महिलामाथि धार्मिक, सामाजिक, राजनैतिक र सास्कृतिक रुपमा कुनै न कुनै तवरले विभेद छ। पहिलो महिला, डाक्टर, इन्जिनियर, पाइलट,नर्स, न्यायधिस, मन्त्री, शिक्षक आदि भनेर गर्व गरिन्छ तर पुरुषलाई त्यस्तो किन भनिदैंन। हाम्रो समाजमा यस्ता धेरै कामहरु छन् जुन महिलाले मात्र गर्न सक्दछन् तर पुरुषले गर्ने सबैजसो काम महिलाले गर्न सक्छन्।
माओवादी युद्धको शुरुवाती दिनमा एकजना महिला नेत्रीले दिएको अन्तर्वाता जसमा ड्रेसपाइन्ट र स्कर्टको कारणले पनि महिला पुरुष भन्दा कमजोर भएका छन्।केटाले पाइन्ट लगाउँदा उसलाई सहज छ तर केटीले स्कर्ट लगाउँदा गाह्रो छ। यो आंशिक सत्य हो तर, कमजोर र सहजको कारण यती मात्र भने होइन, अन्य दर्जनौ कारण छन्। केही विद्वानहरुको भनाईमा महिला सबैभन्दा ठुलो कमजोरी पुरुष जस्तो बन्नु हो। महिला महिला जस्तै बन्नु नै महिलाको पहिचान हुन्छ। अर्का विद्वानले संसारमा एक महिलाले अर्को महिलालाई मद्दत गर्यो भने यो अचम्म लाग्दो कुरा हो भनेर व्याख्या गरेका छन्।
नेपालमा गत स्थानिय निर्वाचनमा ४६६९३ मध्ये ४८५१ चुनिएका छन् जसमा महिलाको प्रतिसत ३७.८४ छ तर कार्यकारी निर्णयक पदमा ८.४ पतिसत मात्र छन्। ३३ प्रतिसत केवल राजनैतिक फन्डा हो वास्तवमा दलहरु महिलालाई नेतृत्वमा लैजान चाहान्नन। संविधान सभामा माओबादीबाट ३७ प्रतिसत महिलाको उपस्थिती थियो सबैभन्दा कम कांग्रेसबाट ७ प्रतिसत थियो। तर नेपालमा रहेका महिलाहरु धेरैजसो संघर्षशिल हुनुहुन्छ। महिला र पुरुषको भेदभाव हटाउन महिलाकै भूमिका बढी हुन्छ। पुरुषले बाधा, अवरोध नगर्दा पनि महिलाकै कारणले महिला पिडित छन्। यस बिषयमा हालसालै एउटा हिन्दीमा बनाइएको सानो भिडियो मा स्पष्ट पारीएको छ। जसमा एउटी युवती बसमा यात्रा गरिरहेकी हुन्छिन्।
बसमा यात्रा गर्ने क्रममा बस भिड थियो। उनी उभिरहेकी थिइन्रस्मार्टपनि थिइन्। उभिदै यात्रा गर्दा उनलाई आमासंग सोही बसमा यात्रा गर्दै गरेकी पाँच वर्षकी नानीले युवतीको नाइटोमा चिमोट्छिन्। ती युवतीले आफूलाई नाइटोमा कस्ले चिमोटेको थाहा पाईनन्र नबुझिकनै आफुसंगै बसमा उभिएको युवकलाई दोष लगाउँदै गाली गर्छिन्। युवकले मैले चिमोटेको होईन भनी प्रतिकार गर्छ। युवती रिसाउदै ती युवकलाई गालामा एक चड्कन लगाउँछिन्। युवकले मैले चिमोटेको होईन भन्दै गर्दा पनि संगै बसमा यात्रा गर्ने अन्य युवकहरुले युवतीको पक्षमा बोल्छन् र ती युवकलाई महिला हिंसा गरेको भन्दै प्रहरीलाई जिम्मा लगाउने कुरा गर्छन्। यत्तिकैमा आमासंग रहेकीती पाँचवर्षे नानीले मैले चिमोटेको हो त्यो अंकलले होइन भन्छिन्। ती पाँचवर्षे नानीकीआमाले माफी माग्छीन् र भन्छिन्, मेरी छोरी बदमास छ। बसका सबै यात्रु चकित हुन्छन्। युवकसंग युवतीले माफि माग्छीन्।
युवकले माफि दिन इन्कार गर्दै ती युवतीको गालामा एक चड्कन लगाउँछ र वरिपरीको युवा जो ती युवकलाई प्रहरीमा जिम्मा लगाउने कुरा गर्ने मध्येएकलाई भन्छन्। “तपाई जस्तो कुरा नबुझि महिलालाई समर्थन गर्ने झुण्डले गर्दा समाजमा गलत प्रबृती बढिरहेको छ” महिला हिंसा बढिरहेको छ। हरेक पुरुष सफल हुनमा महिलाको हात हुन्छ भनिन्छ तर सफल महिला हुन पुरुषको हात हुन्छ या हुदैन। निश्चित रुपमा सफल महिलाको पछाडि पुरुषको भुमिका हुन्छ त्यसैले नारी पुरुष एकै रथका दुई पाङ्गग्रा हुन् भनिन्छ। महिलाको खाना दुई गुना, बल दुई गुना, रिस दुई गुना,लाज दुई गुना हुनुपर्छ भनिन्छ। यी सबै कुरा पहिलाको जमाना थियो। आजको दुनियाँमा यो भनाई परिवर्तन भएको छ। के महिला, के पुरुष कुनै भेद छैन। समाजमा, जागिरमा, पेशामा, व्यवसायमा, सरकारी कार्यालयमा, राजनीतिमा अझै भेदभाव नै छ तर महिला बोल्न सकिरहेका छैनन्। केहीले बोल्ने प्रयास गरे पनि पुरुषको दब्दवा बढी छ।
महिलाको ज्याला समान छैनतर महिला आयोग, महिला संघ, महिला संगठन, आइ.एल.ओ. मुखमा लड्डु राखेर बसेकाछन्। सबै ढोंगी समाजका पृष्टपोषक बनेका छन्। कोही-कोही बोल्छन् तर सुनुवाई हुँदैन। राजनीतिमा महिला कोटा छ तर महिला उमेद्वार दलहरुले नै पठाउदैनन् तथापि दलभित्रका महिलाहरु बोल्न सक्दैनन्। अझै अस्पतालमा नर्स, जहाजमा एअरहोस्टेज, रेष्टुराँमा वेटरेसलाई अर्कै नजरले हेरिन्छ। यो समाजको वास्तविकता हो। यो कुरा उठाउँदा कसै-कसैलाई महिला हिंसा लाग्न सक्छ। कुरा उठान भएपछि समस्या समाधानमा केही सहज होला भन्ने मात्र मेरो ध्येय हो। पढे-लेखेका, शहर बजारमा बस्ने महिलाहरु नै पिडित छन् भने गाउँमा बस्ने महिलाहरुको के हालत होला। महिलालाई धेरै भूमिकामा रहनुपर्छ तर महिलाको महत्व र ईज्जत कम छ।
यो ईज्जत गर्न, सम्मान दिन घर परिवारबाटै शुरु गर्नुपर्छ। परिवारबाट महिलाको कदर, इज्जत र सम्मान शुरु भएपछि अन्यत्र गाउँ, छिमेक, टोल, समाज, नगर, जिल्ला हुदै देश सबैतिर इज्जत हुन्छ। महिलाहरुश्रीमान्,बाबु,दाजुभाई, सन्तानको लागि रातदिन खट्छन् तर परिवारले नै महिलामाथि भेदभाव गर्छ। यो विद्यमान समाजले मिठा कुरा गर्छ तर व्यवहारमा लागू छैन। विद्यालयमा शिक्षिकादेखि अफिसमा कर्मचारी,कारखानामा मजदुर, होटल रेष्टुराँमा कार्यरत महिला हेपिन्छन्, कम तलव पाउँछन्। त्यसैगरी राजनैतिक पार्टिहरुमा कोषाध्यक्ष भन्दा माथिको पद दिइन्न। सरकारी कार्यालयहरुमा पनि उप, सहायक, सह जस्ता पद दिएर महिलालाई अल्झाइन्छ। कूल ग्रार्हस्थ उत्पादनमा आमा, दिदिबहिनी, छोरीको भूमिका छैन। यो गणना हुँदैन । विभेद र शोषण यहीबाट शुरु हुन्छ।
हरेक घरमा, हरेक पुरुषको काम सहज हुनको पछाडि महिलाको हात र महत्वपूर्ण भूमिका छ तर यसको कुनै लेखाजोखा, आंकलन, हिसाब छैन। यही हो शोषणको प्रारुप। डेभिड फर्नान्डो अलेजान्द्रोको बिचारमा जिवन महिला र पुरुष बीचको प्रतिस्पर्धा होइन, सहकार्य हो। केही दिन यता केही महिलाहरु जो श्रीमानसंग छोडपत्र गरी बसेका छन्। उनीहरुको कुरा सुन्दा रुन मन लाग्छ। हुनत पुरुषका पनि कथा व्यथा होलान् तर महिला जती पिडित भने पक्कै छैनन् किनकी यो समाज पुरुष प्रधान छ। आजकल पुरुष हिंसामा परेका, बलत्कारमा परेका समाचारहरु पनि आएका छन्। स्वभाविक हो तर पनि महिला हिंसाको विरुद्ध आवाज उठाउनुपर्छ। हुनत दुर्घटनामा पर्ने पुरुष नै हुन्छ त्यसो त प्रसव व्यथाले मर्ने महिला नै हुन्छ। समाधान के त ?सचेतना परिवारबाट महिला इज्जत, सम्मान हुनुपर्छ तव दुनियाँले पनि सम्मान गर्छ।
पुरुष दीर्घ जिवनको पछाडि महिलाको हात छ। अविवाहित मानिसको आयु कम भएको उदाहरण छन्। समाधानको कुरा गर्दा महिलाले राजनीतिमा आरक्षण भन्दा शिक्षामा र सरकारी जागिरमा निरन्तर आरक्षण पाउनुपर्छ। दाईजो, बोक्सी, बलत्कार, महिला बेचबिखन जस्ता विषयमा निःशुल्क मुद्धा दायर गर्ने र दोषीलाई हदैसम्म सजाय र मुद्धाको फैसलाको समय ६ महिना भन्दा लामो हुनुहुदैन। लामो भएकोमा महिला बढी पिडित हुन्छन्।मुद्धाको कुरा गर्दा नेपालभर ३७ हजार सम्वन्ध बिच्छेदका मुद्धा देखिए। यसको कारण महिला हिंसा नै हो। बैदेशीक रोजगारी, सेना र प्रहरीमा जाने परिवारमा छोडपत्रको संख्या बढी नै देखिएको छ किनभने हाम्रो समाजको दृष्टि गिद्धे नै छ। एकल महिला, युवती देखेमा नराम्रो नजरले हेर्ने र हेप्ने प्रबृति छ फेसन, सामाजिक सन्जाल, अशिक्षा, बिदेशको मोह, धनको, जागिरको र पदको उन्माद, समाजको देखासिकी, भेदभाव,घर, परिवार, श्रीमानबाट अप्रिय बचन, भेदभाव, हेपाई, श्रीमतीबाट धन सम्पतिको हिनामिना, समाजले अनेकन कुरा सुनाउने आदि सम्वन्ध बिच्छेदका मूल कारण हुन्।
दीर्घकालमा शिक्षाले काम गर्छ तर तत्काल ऐन र कानुनको सजाय आवश्यक छ। राजनीती गर्ने मानिस असल हुनुपर्यो सहीमानिसलाई जनताले मत दिनुपर्यो। ऐन कानून लागू गर्न अदालत नै इमान्दार बन्न पर्यो। अधिकांस घर, परिवार बिग्रनुमा समाज, राजनिती, कुसंस्कार, कुरिती, अन्धविश्वास, घमन्ड, ईश्या,संका,सञ्चारको कमि जस्ता कारणहरु छन्। सम्वन्ध बिच्छेदको मुद्धामाबढावा दिन कही न कही अदालत र कानूनी व्यवसायीको भूमिका छ। महिला भएकै कारणले हामी जस्तै पुरुषबाट हाम्रा आमा, दिदि, बहिनी,श्रीमती, छोरीचेलि, पिडित छन्। तसर्थ संस्कार,अनुशासन,नैतीकता, शिष्टताको ज्ञान, विद्यालयस्तरबाटै हुनुपर्छ। अहिले स्तनपानको प्रतिशत घट्दो छ। स्तनपानको लागि कामकाजी महिलाका लागि वाताबरण पनि छैन, चेतना र ज्ञानमा पनि कमी देखिन्छ। अर्कोतर्फ चिकित्सकहरु स्तनपान नगराउने महिलामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ भन्छन्।
कुनै बेला नेपालमा ९८ प्रतिशत स्तनपान थियो। आधुनिकताको होडमा स्तनपानमा व्यापक कमि भयो। यो कमि हुनुको पछाडि पुरुषको पनि हात छ तर दोष महिलालाई नै दिइन्छ। कला क्षेत्र होस् या बैदेशिक रोजगारी, कलिला नानीहरुलाई फकाई फुलाई गरी श्रमशोषण, यौन शोषण गर्ने जमात पनि छ। राज्य मौन छर सेटिङ्गमा चलेकोछ। केही समय अगाडि एउटा एनजिओमा जाँदा त्यहाँ रेष्टुराँमा काम गर्ने नानीहरुलाई रिहावमा राखेको रहेछ। एनजिओको प्रतिनिधी संग कुरा गर्दा होटल रेष्टुराँमा यौन शोषण, श्रम शोषणमा परेका नानीलाई उद्धार गर्दा राजनैतिक दलको दवाव आउँछ रे। हाम्रो समाजको चित्र यस्तो छ। अमेरिकी लेखक ग्लेनोन डोलका अनुसार महिलाले आफनो परिचय मागेमा काम र उस्ले कस्को लागि खटिरहेको छ उस्को नाम लिन्छन जुन कुरा महिलाको परिचय होईन।
मानौ कि महिला आफनो जिवन सर्मपणमा सकाउछन तैपनि घर परिवार पुरुषबाट अपहेलित नै छन्। केहि साथीहरु विवाह नगरी बसेकाछन उनिहरुको तर्क छ बन्धन भन्दा स्वतन्त्रता राम्रो छ। हुन् पनि हो विवाहमा गइसकेपछि जिम्मेवारी महिलालाई बढि पर्छ शहरमा भन्दा पनि गाउँमा बढि कठिन छ। बैदेशिक रोजगारमा गएका महिला हुन वा बैदेशिक रोजगारमा श्रीमान विदेश पठाएका नेपालमा रहेका महिला हुन दुबैमा शोषण भेदवाव संका उपसंका नजर गलत छ समाज नै दोषी छ। हामी महिला भन्ने बित्तीकै गलत सोच्छौ। आजकल विबाह बा छोडपत्रको कुरा बढि सुनिन्छ। जसमा बाहिर गएका महिला विदेश गएपछि आउन चाहान्न किनकी उनिहरु एक्लो श्रीमानलाई कजाएर खाने बानी परेका छन् अर्कोतर्क छ उता पुगेर महिलाहरु श्रीमान छाड्छन अपवादलाई मुद्धा बनाउनु हुदैन। छोडपत्र गर्न विदेशको भुमिका छ या छैन अलग कुरा हो तर छोडपत्र गर्दा महिलानै बढि दोष दिने पितृसत्तात्मक सोच नेपाली समाजमा छ। महिलाहरुले छोडपत्र पश्चात पनि बच्चाको जिम्मा लिएका हुन्छ तर पुरुषले पैसा पठाएर जिम्मेवारी बाट उम्केको दखिन्छ।
छोडपत्रको बारेमा मुलत सामाजिक सञ्जाल, आधुनिकता, स्वतन्त्रता, परिवारको दवाव दाइजो, तिलक, विचार नमिल्नु, उमेरको भिन्नता, यौनजन्य कारण, धन सम्पती, अरुको कुरा सुनेर भडकावमा परी,अहम, व्यक्तित्वको टकराव, कामको बाडँफाँड आदि छन्। हाम्रो समाजमा राम्रो काउन्सिलरको कमि छ केवल नकारात्मकताको प्रभाव छ। हाल बढेको प्रेम विवाह अर्को चुनौती हो जसमा जिम्मा केटा केटि दुबै बाहेक अन्य घर तथा ससुराली, मावली कसैले जिम्मा लिदैन। सामाजिक सञ्जालले विवाहको छनौट सहज छ तर, उप्रान्तमा परिणाम गहन छ। हतारमा निर्णय फुर्सदमा पछुताउने कार्य बढदोछ। युवा युवतीमा बढि स्तर्फुतताको विकास हुदैछ केहि राम्रो पनि छ केहि नराम्रो पनि समाज कता तिर गइरहेकोछ बुझ्न कठिन छ। समाज एकात्मकता तिर गईरहेको समय छ एक अर्को सहयोग सदभाव छैन अनावश्यक प्रतिस्पर्धा र धनको तुजुक छ यसले बच्चाहरुमा विकृती छाडापना बढेकोछ।
संस्कार अनुशासन मर्यादा माया प्रेम सदभाव सहयोग भातृत्व छैन केवल बनावटी सम्वन्ध छ आत्मीयता छैन यर्सथ समाजमा बिकृती बढेकोछ यसबाट पुरुषको दाँजोमा महिला पिडित छन। महिला हिंसाको कुरा गर्दा नावालिक बलत्कार, हत्या, अपहरणका घटनाहरु दैनिक जसो समाचारमा आउँछन्। तैपनि कानून बन्न र बनाउनका लागि संसदमा विधायकहरु पहल गर्दैनन्। संसदको समय हानाथाप र दोषारोपणमा जान्छ। काठमाडौंमा सायद नहोला तर काठमाडौ बाहिर जागिर गर्ने,श्रम गर्ने, ज्याला मजदुरी गर्ने महिलालाई सकस छ। सहकर्मीबाट, मालिकबाट, छिमेकीबाट र आफन्तबाट पिडित छन्। हाम्रो धर्म, संस्कार, परम्परा जति नै राम्रो भएपनि महिला सुरक्षित छैनन् । कानून कमजोर छ र कार्यान्वयनको पाटो सुन्य छ। राजनीतिमा बिबेकहिन मानिसहरु छन्। महिलाहरुले श्रम गरेर श्रीमान, परिवार, सन्तान पाल्नुपर्ने बाध्यता छ। तैपनि तिनै घर परिवारबाटै महिला पिडित छन्।
महिलालाई आफ्ना पिडा सुनाउन उनिहरुका कुरा बुझिदिने, सुनिदिने कोही छैन कामको दबाब छ र मानसिक रोगको शिकार बनिरहेको अवस्था छ । उनीहरु कामको दवावमा व्यथा लुकाउँछन् ।महिलाहरु अकालमा मरिरहेकाछन्। पुरुष बिरामी परेको बेला महिलाले हेरचाह गदर्छन् तर महिला बिरामी परेको बेला कमै पुरुषले मात्र हेरचाह गर्दछन्। “कुपुत्रो जायते क्वचिदपी, कुमाता न भवति”यसको अर्थ माता अर्थात् आमा कहिल्यै गलत हुन सक्दिनन्। छोरा, सन्तान गलत हुन सक्छ । महिलाको सहनसिलता, धैर्यता, मेहनतलाई समाजले अन्यथा गरीरहेकोछ ।विदेशमा “डवल इन्कम”भनिन्छ। हाम्रो देशमा महिलालाई जागिर खुवाउने,सक्रिय बनाउने, घर बाहिर पठाउने, काममा लगाउने, जिम्मा दिने कुरामा समाज अझै संकुचित छ। नारीलाई आधा आकाश भनिन्छ तर आधा आकाशलाई निस्कृय बनाउँदा देशले अधोगतीमा जानु परेको छ।
कूल ग्रार्हस्थ उत्पादन कम छ ।महिला हिंसा र महिला शोषणको बारेमा अतिबादी महिला अधिकारकर्मी जिम्मेबार छन्। महिलाको हित गर्नु, अधिकारमा बोल्नु भनेको पुरुष बिरोधी हुनु, बन्नु कदापी होईन। यो सबैले जान्नु र बुझ्नुपर्छ। माटो, भूगोल, धर्ति, धरातल हेरेर व्यवहारिक बनेर समाधान खोज्नुपर्छ। महिला अधिकारको कुरा गर्दा निरपेक्ष भएर कुरा गरेमा समाधान हुदैन।“आइरन कट आइरन”भनेझै महिलाको शोषण, दमन र उत्पिडनमा कतै न कतै महिलाकै दोष छ, भूमिका छ, तसर्थ महिला सचेतना चाहिन्छ। समाज, राजनीति दल, ऐन सबै महिला अधिकारमा सचेत बन्नुपर्छ तर मुलतः महिलानै जागरुक बन्नुपर्छ। स्वीडेन,नर्वे,क्यानडा,नेदरल्यान्ड, डेनमार्क जस्ता देश उच्च महिला अधिकार सम्मान गर्ने देश हुन् भने सिरिया,अफगानिस्तान,यमन,पाकिस्तान, सेन्ट्रल अफ्रिका न्युन महिला अधिकार भएका देश हुन्।
युद्ध, भोकमरी, गरिवी जस्ता कारणले सबैभन्दा पिडित बालबालिका, महिला, बृद्ध अशक्तहरु हुन्छन्। छोरी भन्दा आमा तरुनी,आईमाईको बुद्धि हुदैन..............आदि जस्ता नाम, उपनाम कहावत् भनाईले गर्दा पनि महिला हिंसा हुन्छ। मानिसलाई पिडा दिन, भौतिक सजाय, चोट दिइएको देखिन्छ तर समाजले अनावश्यक उपनाम दिएर अभिव्यक्तिबाट पिडा, हिंसा गर्छ तसर्थ शब्द, वचन र भावनाले गरीने महिला हिंसा हुन्छ, सचेत रहौं। भेदभाव हटाऔं। सात वटा छोरी जन्माएपछि जन्माएको छोराले बाबुआमालाई नपाालेर छोरीले स्याहार र पालनपोषण गरेका उदाहरण पनि छ। भेदभावका नाउँमा भ्रुणहत्या भैरहेकोछ, जसमा महिला डाक्टरले पनि सघाएका छन्।
कार्यालय जाँदा, मनोरन्जन केन्द्रमा जाँदा, सार्वजनिक यातायात प्रयोग गर्दा, सपिङ्ग जाँदा, सरकारी कार्यालयमा काम लिएर जाँदा समेत महिला दुव्र्यवहारमा पर्दछन् तर मानिसहरु, नेताहरु,कानून व्यवसायी, विधायकहरु, न्यायमुर्तिहरु, दुव्र्यवहारलाई पनि कतिवेला, यस्तो, उस्तो, कहाँ, कसरी,किन भनेर पिडित महिलालाई हतोत्साहित पार्छन्, मुद्धा गर्न, न्याय लिन हिच्किच्याउने अवस्था बनाउँछन् ।सहकर्मिहरुले महिला सहकर्मिलाई जागिर छोड्न बाध्य पार्छन्। विचौलिया बनेका केही कानून व्यवसायीले बयान फेराएर कुरा मिलाउँछन्। महिलाको पिडालाई व्यापार गर्छन्। महिलालाई लुगा लगाउँदा, मेकअप गर्दा, खाँदा, बस्दा, हिंड्दा, बोल्दा कुरा काट्ने महिला र पुरुषको जमात अर्को बिभेदकारी छ।
भेदभाव बढि कानुनमा छ समाज परमपरामा होईन हुन त कानुन धर्म परम्परा रिवाजबाट नै बन्ने हो। जग्गा र पैत्रिक सम्पतिमा बाबुले ५० प्रतिसत आफुखुसि चलाउन पाउछ उजुर लाग्दैन तर महिला अर्थात आमाले सहि नगर्दा पनि बाबुले सुक्रिबिक्री गर्न पाउछ अड्डा अदालतमा तिनै आमाले जन्माएका छोराछोरी वकिल न्यायधिस भएकाछन तर आमाको अधिकारलाई वेवास्ता गर्छन। दुनियाँको समाचार लेख्ने पत्रकार आफू समेत महिला हिंसाबाट पिडित छन्। एकपटक पार्टि नेत्री, अभियन्ता पार्टि पङ्गतीबाट पिडित छु भन्दै दुव्र्यबहारमा परेको स्तम्भ लेखेको लेखभेटेको थिए। महिला हिंसा हटेमात्र पनि अर्थतन्त्रमा सुधार हुन्छ किनकी महिला आवागमन बढ्छ। स्वच्छन्द घुम्न, काम गर्न महिलालाई सहज हुन्छ। यसकारण महिलालाई बिभेद रोक्न आ–आप्नो स्थानबाट लागौ ,जुटौ, खटौं महिला आमा दिदि बहिनीको अधिकारका लागि आवाज उठाउ।


