आइतबार, कार्तिक १६ गते २०८३
images
images

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता

एक्सप्रेस पाना
आश्विन ६, २०८० शनिबार
  • 308
    SHARES
  • ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेड बिच च्यानल फाइनान्सिङ्ग कार्यक्रम सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

    images

    उक्त सम्झौता कार्यान्वयन गर्नका लागि एक समझदारी पत्रमा बैंक र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेड बिच एक सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ। सम्झौताअनुसार बैंकले बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई)का उत्पादनहरू खरिद गर्नका लागि आधिकारीक डिष्ट्रिब्युटर्सहरुलाई आवश्यक चालू पूँजी प्रदान गर्न च्यानल फाइनान्सिङ्ग सुविधा प्रदान गर्नेछ।

    बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई)का आधिकारिक डिष्ट्रिब्युटर्सहरुले बैंकको जुनसुकै शाखाबाट च्यानल फाइनान्सिङ्ग कार्यक्रमअन्तर्गत कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्। उक्त कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यका साथै बोटलर्स नेपाल लिमिटेडका मेनेजिङ्ग डाइरेक्टर दीपक सेन्थिलनाथ लगायत दुवै संस्थाका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो।

    images

    ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३५० शाखा कार्यालय, ३६९ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ।

  • सम्बन्धित विषय:

  • # ग्लोबल आइएमई बैंक
  • # बैंक