शनिबार, भाद्र २७ गते २०८३
images

फोटो पत्रकार समूह र एजिङ नेपालको संयुक्त आयोजनामा 'तस्वीरमा ज्येष्ठ नागरिक' फोटो प्रदर्शनी

एक्सप्रेस पाना
आश्विन १४, २०८० आइतबार
  • 416
    SHARES
  • फोटो पत्रकार समूह र एजिङ नेपालको संयुक्त आयोजनामा 'तस्वीरमा ज्येष्ठ नागरिक' फोटो प्रदर्शनी

    राष्ट्रिय फोटो पत्रकार समूह र एजिङ नेपालको संयुक्त आयोजनामा `तस्वीरमा ज्येष्ठ नागरिक´ फोटो प्रदर्शनी गरिएको छ।

    images

    ललितपुरको पाटन दरबार क्षेत्रमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा हिमाल, पहाड र तराईका ज्येष्ठ नागरिकहरुको तस्वीर प्रदर्शनी गरिएको हो।

    प्रदर्शनीका क्रममा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिकको सम्मानको सन्दर्भमा जाने बुझे जति काम गरिरहेको भन्दै यस्तो कामलाई प्रभावकारी बनाउन सहकार्यकासाथ अगाडि बढ्न तयार रहेको बताए।
    उनले राष्ट्रिय फोटो पत्रकार समूह र एजिङ नेपाललाई आगामी वर्ष यस्तै खालको काम गर्दा महानगरसँग सहकार्य गर्न आग्रह पनि गरे।

    images

    उनले भने, ‘ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिकका लागि जाने बुझे जतिकाम गरिरहेको छ। अझै पुगेको छैन। त्यसको लागि तपाईहरुसँग केही उपाय छ भने लिएर आउनुस्, त्यसलाई कार्यान्वयन गर्ने छौं।’

    No description available.

    उनले प्रदर्शनीमा राखिएका तस्बीरहरु एकदमै राम्रो लागेको भन्दै प्रदर्शनको सफलताको कामना गरे।

    कार्यक्रममा जेष्ठ नागरिकको दैनिकी, मिहिनेत, सफलता, पारिवारिक खुशी, संघर्ष तथा सफलता झल्कने तस्वीर प्रदर्शनी  राखिएको कार्यवहाक महासचिव घनश्याम श्रेष्ठले बताए। प्रदर्शनीमा राखिएको तस्वीरहरुले नयाँ पुस्तामा उत्साह जगाउनको साथै, जेष्ठ नागरिकहरुमा नैरास्यता तथा दुःखीपन हटउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

    फोटो प्रदर्शनीमा देशभरका ४० फोटो पत्रकारले खिचेका ६२ ओटा फोटो राखिएको कार्यक्रम संयोजक गणेश बिष्टले जानकारी दिए।

    राष्ट्रिय फोटो पत्रकार समूहले यसअघि विभिन्न स्थानहरुमा बालबालिकाको फोटो तथा पर्यटन प्रवर्द्धनात्मक फोटोहरु प्रदर्शनी आयोजना गर्दै आएको छ।

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.