आइतबार, कार्तिक १६ गते २०८३
images
images

कक्षा १२ को परीक्षा आगामी वैशाख दोस्रो साताबाट

एक्सप्रेस पाना
आश्विन १६, २०८० मंगलबार
  • 251
    SHARES
  • कक्षा १२ को परीक्षा आगामी वैशाख दोस्रो साताबाट

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यो शैक्षिक सत्रमा कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाखमा सञ्चालन गर्ने भएको छ। 

    images

    बोर्डले आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गर्दै १२ को वार्षिक परीक्षा २०८१ को वैशाख पहिलो हप्तादेखि सञ्चालन गर्ने जनाएको हो। 

    परीक्षाको नतिजा प्रकाशित भएको ४५ दिनभित्रमा पूरक परीक्षा गर्ने बोर्डको कार्यतालिका छ। नतिजा भने २०८१ को साउन तेस्रो साताभित्र सार्वजनिक गर्ने बोर्डको योजना छ। 

    images

    त्यस्तै कक्षा ११ को परीक्षा विद्यालयहरूले २०८१ को जेठ पहिलो हप्तामा गर्नुपर्ने जनाएको छ। कक्षा ११ को रजिस्ट्रेसन फाराम पुस १५ गतेबाट खुला गरेर माघ १५ गतेसम्म भर्ने समयावधि तोकिएको छ। 

    त्यस्तै कक्षा १२ को परीक्षा फाराम पुस १ गतेबाट खुला गरी माघ १५ गतेभित्र भरेर अनलाइनमार्फत बुझाइसक्नुपर्ने कार्यतालिका छ।

    1