आइतबार, कार्तिक १६ गते २०८३
images
images

नेप्से १०४ अङ्कले बढेर २८१६ अङ्कमा कायम

एक्सप्रेस पाना
आश्विन ६, २०७८ बुधबार
  • 474
    SHARES
  • नेप्से १०४ अङ्कले बढेर २८१६ अङ्कमा कायम

      बुधबार सेयर बजारको परिसूचक नेप्से १०४ अङ्कले बढेर २८१६ अङ्कमा कायम भएको छ। 

    images

    कुल ६ अर्ब १७ करोड रुपैयाँको सेयर किनबेच भयो। मंगलबार ७ अर्ब ३६ करोड रुपैयाँको सेयर किनबेच भएको थियो भने सोमबार ८ अर्ब ४९ करोडको कारोबार भएको थियो। सबै समूहमा हरियाली छाएको छ। बैंकिङ ६०, ब्यापार १३२, होटल तथा पर्यटन १३६, विकास बैंक ३८१, जलविद्युत १६९, फाइनान्स २०७, निर्जीवन बीमा ४४१, उत्पादन १८२, अन्य ४१, माइक्रोफाइनान्स १७०, जीवन बीमा ५५१ र लगानी समूह ३ अङ्कले बढे। 


    यस दिन १३ कम्पनीको मूल्य १० प्रतिशत र ५ कम्पनीको मूल्य ९.९ प्रतिशतले बढेको छ। 

    images

    प्रिमियर इन्स्योरेन्स, बेस्ट फाइनान्स, गुहेश्वरी मर्चेन्ट फाइनान्स, आइसिएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, मल्टिपर्पोज फाइनान्स, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रो, युनिभर्सल पावर, युनियन हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र लिबर्टी इनर्जीको मूल्य १० प्रतिशतले बढेको छ।  

    मनकामना स्मार्ट लघुवित्त, श्री इन्भेष्टमेन्ट फाइनान्स, पन्चकन्या माइ हाइड्रोपावर, माउन्टेन हाइड्रो र साइन रेसुङ्गा विकास बैंकको मूल्य ९.९ प्रतिशतले बढेको छ। 

    यस दिन कुनै पनि कम्पनीको सेयर मूल्य घटेको छैन। ४ वटा म्युचुअल फण्ड तथा डिवेन्चरको मूल्य घटेको छ। अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा बढी २३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो।