आइतबार, कार्तिक १६ गते २०८३
images
images

नार्क र सिमिटका पदाधिकारी बीच कृषि अनुसन्धानलाई विस्तार गर्ने बारे छलफल

एक्सप्रेस पाना
मंसिर २०, २०८० बुधबार
  • 549
    SHARES
  • नार्क र सिमिटका पदाधिकारी बीच कृषि अनुसन्धानलाई विस्तार गर्ने बारे छलफल

    काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) का पदाधिकारी बीच कृषि अनुसन्धानका विविध बिषयमा उच्चस्तरीय छलफल भएको छ। 

    images

    नार्कको केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा आज दुबै संस्थाका बीचमा कृषि अनुसन्धानमा भइरहेको सहकार्यलाई थप विस्तार गर्ने बारेमा छलफल भएको छ। 

    छलफलमा नार्कका कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराईले नेपालको कृषि अनुसन्धान प्रणाली, विद्यमान समस्या, भावि कार्यदिशा र सिमिटसँगको सहकार्यमा भएका उपलब्धि तथा थप सहकार्यका बिषयहरु प्रस्तुत गरेका थिए। 

    images

    उनले सिमिटसँगको सहकार्य विस्तार गर्न नार्क सधै तयार रहेको बताउँदै यसको थप विस्तारका लागि बदलिदो परिस्थितिमा उपयुक्त अनुसन्धानको रोडम्याप तयार गरेर अगाडी बढनुपर्ने बताए। 

    सिमिटका महानिर्देशक डा.ब्राम गोभाएट्सले नार्कसँगको समन्वयमा सिमिटले नेपालमा मकै र गहुँका प्रविधि पत्ता लगाउन सहयोग गरेको र नार्कले सफलतापूर्व सो कार्य सम्पन्न गरिरहेकोमा खुशी व्यक्त गरे। 

    उनले नेपालमा गहुँ र मकैका जातको बिकास, बाली प्रणालीको उत्पादकत्व बृद्धि, मकैमा आधारित जिविकोपार्जनमा जलबायुमैत्री अनुसन्धानको मोडेल, डिजिटल कृषि, कृषि याञ्त्रीकरण, क्षमता अभिबृद्धि र निजी क्षेत्रको सहभागिता, लैंङ्गिक तथा समाजिक समावेशिता जस्ता विषयमा सिमिट सहयोग गर्न सधैं तयार रहेको बताए। 

    उनले कृषिका तीन वटा खम्बा कषि अनुसन्धान, कृषि प्रणालीको विकास र निजि क्षेत्रसंगको साझेदारीलाई अंगालेर अगाडि बढिरहेको बताए । विगतका सफलता र कमजोरी दुबैबाट सिकेर नयाँ योजना बनाउनुपर्ने उनको धारणा थियो। 

    कार्यक्रममा राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा.कालिकाप्रसाद उपाध्यायले नेपालमा सिमिटसँगको सहकार्यमा विकसित प्रविधि किसानसम्म पुर्याउन सञ्चारको बिशेष महत्व रहेकाले परियोजनाको विकासदेखि प्रविधि हस्तानान्तरणसम्म सूचना र सञ्चारलाई अभिन्न अंगका रुपमा समावेश गर्नुपर्ने बताए। 

    छलफलमा नार्कका बाली तथा बागवानी निर्देशक टिकाबहादुर कार्की, आर्थिक प्रशासन निर्देशक मनसकुमार कंडेल, योजना महाशाखा प्रमुख डा.टेकप्रसाद गोतामे, राष्ट्रिय माटो बिज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा.श्रीप्रसाद विष्ट, राष्ट्रिय विउविजन अनुसन्धान केन्द्रका प्रमुख डा.पल्लवी सिंह लगायतको सहभागिता रहेको थियो। 

    यसैगरी सिमिटको तर्फबाट डा.दिउतीमान चौधरी, डा. पिटर क्राफोर्ड, डिल्ली केसी, रुदृक्षा राई पराजुली, लिजबेट भेनिभेल, बिनय पराजुली, अब्दुल रहमान बसिर लगायतको सहभागिता रहेको थियो।