आइतबार, कार्तिक १६ गते २०८३
images
images

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न पूर्वाधार पहिचान गरिने

एक्सप्रेस पाना
मंसिर २८, २०८० बिहीबार
  • 319
    SHARES
  • पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न पूर्वाधार पहिचान गरिने

    गण्डकी, मङ्सिर २८ । गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने सम्बन्धमा गठित अध्ययन समितिको बैठकले आवश्यक पूूर्वाधार पहिचान गर्ने निर्णय गरेको छ। 

    images

    समितिका अध्यक्ष एवम् गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द देवकोटाको अध्यक्षतामा बसेको समितिको पहिलो बैठकले राजधानी घोषणाका लागि आवश्यक पूर्वाधार पहिचान गर्ने निर्णय गरेको हो।

    बैठकले पूर्वाधार पहिचानसँगै पर्यटकीय राजधानीको रुपमा विकास गर्न सेवाको गुणात्मकता वृद्वि गर्न अवलम्बन गर्नुपर्ने विषयको पनि पहिचान गर्ने निर्णय गरेको समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलले राससलाई जानकारी दिए। उनका अनुसार राजधानी घोषणाका लागि आवश्यक मापदण्डहरुको पहिचान, घोषणा प्रक्रियाको तयारी, सङ्घ तथा प्रदेश सरकारसँग समन्वय गर्नेलगायत निर्णय गरेको छ।

    images

    समितिले पूर्वाधार पहिचानका सन्दर्भमा गरेको अध्ययन प्रतिवेदन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्ने गरी समितिको कार्यक्षेत्र तोकिएको पौडेलले बताए। समितिका सदस्यहरुले पर्यटकीय राजधानी घोषणाका सम्बन्धमा आ–आफ्ना तर्फबाट मस्यौदा तयार गरी अर्को बैठकमा पेस गर्ने निर्णय समेत गरेको जानकारी दिए।