आइतबार, कार्तिक १६ गते २०८३
images
images

दसैं तिहार र छठ पर्व : इसेवाको उपहार योजनामा स्कुटर जित्न सकिने

एक्सप्रेस पाना
आश्विन ७, २०७८ बिहीबार
  • 337
    SHARES
  • दसैं तिहार र छठ पर्व : इसेवाको उपहार योजनामा स्कुटर जित्न सकिने

    असोज ७ काठमाडौं । इसेवा मनि ट्रान्सफरले दसैं तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्वजनिक गरेको छ ।

    images

    योजना अन्र्तगत इसेवा मनि ट्रान्सफर मार्फत रेमिट्यान्स पठाउने व्यक्तिमध्येबाट एक जना भाग्यशाली विजेताले हरेक दिन मिक्सर, हरेक हप्ता रेफ्रिजेरेटर, हरेक महिना स्मार्ट टिभी तथा बम्पर उपहारमा एक जनाले होन्डाको डियो स्कुटी जित्न सकिने कम्पनीले बताएको छ ।

    यस योजनामा सहभागी हुन विश्वभर रहेका २ सयभन्दा बढी देसबाट इसेवा मनि ट्रान्सफर मार्फत रेमिट्यान्स पठाउनु पर्नेछ । यस्तै नेपालभर रहेका ८ हजार बढी एजेन्ट नेटवर्क मार्फत आन्तरिक रूपमा विप्रेषण पठाएमा पनि यस योजनामा सहभागी हुन सकिन्छ ।

    images

    योजनामा ६० जनाले मिक्सर, ८ जनाले रेफ्रिजेरेटर, २ जनाले स्मार्ट टिभी र एक जना भाग्यशाली विजेताले बम्पर उपहारमा होन्डाको डियो स्कुटी जित्न सक्नेछन् । यो योजना असोज २ गतेदेखि मंसिर २ गतेसम्म सञ्चालन हुनेछ।