असोज ७ काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले “आर्थिक विधेयक, २०७८” र “राष्ट्र ऋण उठाउने विधेयक, २०७८ लाई पारित गरेको छ ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको उक्त दुई विधेयक सभाको बहुमतले पारित गरेको हो । उक्त विधेयकहरू माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री शर्माले सम्पत्तिको आधारमा कर लगाउने गरी व्यवस्था आर्थिक विधेयकमा नगरिएको तथा मानव स्वास्थ्यमा हानी पुर्याउने कुराहरूमा बढी कर लगाउने व्यवस्था गरिएको जानकारी गराए ।
अर्थमन्त्री शर्माले बागमती प्रदेशमा रहेका उद्योगधन्दाहरूलाई अन्यत्र सार्ने प्रक्रियाका प्रारम्भ भएको बताए । “आर्थिक विधेयक, २०७८” “राष्ट्र ऋण उठाउने विधेयक, २०७८ माथि सांसद प्रेम सुवालले मात्रै संशोधन हानेका थियो र छलफलमा भाग लिएका थियो ।
बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले “विनियोजन विधेयक, २०७८” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराए । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाएका थियो ।
प्रतिनिधिसभाको आजको बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दलका सांसदहरुले रोष्टम अगाडि पुगेर नाराबाजी सुरु गरेपछि सभामुख सापकोटाले यथास्थानमा बसेर बैठक सञ्चालनका लागि आग्रह समेत गरेका थियो ।
.jpg)


