शनिबार, भाद्र २७ गते २०८३
images

सशस्त्र प्रहरीद्वारा स्रोत नखुलेको २४ लाख बढी बरामद

एक्सप्रेस पाना
माघ ९, २०८० मंगलबार
  • 368
    SHARES
  • सशस्त्र प्रहरीद्वारा स्रोत नखुलेको २४ लाख बढी बरामद

    रौतहट, माघ ९ । रौतहटस्थित सशस्त्र प्रहरीले स्रोत नखुलेको २४ लाख रुपैयाँ भन्दा बढी बरामद गरेको छ। सशस्त्र प्रहरीको छुट्टाछुट्टै टोलीले यस आर्थिक वर्षको ६ महिना भित्र नेपाली र भारु सहित २४ लाख भन्दा बढी बरामद गरेको हो। 

    images

    गत असार २२ गते देखि माघ ५ गतेसम्म नेपाली १५ लाख,७६ हजार ८७५ रुपैयाँ र भारु ५ लाख २२ हजार स्रोत नखुलेको रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी माधव रेग्मीले बताएका छन्। 

    साथै हुन्डी कारोबारमा संलग्न ६ जना मानिस र ३ थान मोटरसाइकल बरामद गरिएको एसपी रेग्मीले बताएका छन्। बरामद रकम, मोटरसाइकल सहित मानिसलाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरी ११ नम्बर हेक्का रौतहटले जनाएको छ।

    images