काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
छापावाला सुन तोलामा आज ६ सय रुपैयाँले बढेको हो । प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । भने तेजावी सुन तोलामा १ लाख १८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।


