काठमाडौं । त्रिकोणात्मक सिरिजको पाँचौ खेलमा नेदरल्यान्ड्सले नेपाललाई १ सय २१ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिलो ब्याटिङ रोजेको नेदरल्यान्ड्सले १९.३ ओभरमा अलआउट हुँद १ सय २० रन जोड्यो ।
पहिलो ओभरमै दुई विकेट गुमाएको नेदरल्यान्ड्सले तेस्रो विकेटका लागि संयमित साझेदारी पाएको थियो । तर मध्यक्रममा प्रतिश जिसी र कुशल मल्लले लगातार २–२ विकेट लिएपछि नेदरल्यान्ड्सको मध्यक्रम ध्वस्त भएको थियो ।
नेदरल्यान्ड्सका ओपनर म्याक्स ओ डाउडले सर्वाधिक ३१ रन बनाए । रोलफ भान डर मर्वले तल्लोक्रममा नटआउट २३ रनको योगदान दिए । उनले १४ बलमा १ चौका र १ छक्का जोडे ।


