शनिबार, भाद्र २७ गते २०८३
images

सालिन पोख्रेलको झुण्डिएर मृत्यु भएको खुलासा , पोष्टमार्टम रिपोर्टमा बलात्कार नभएको पुष्टि

एक्सप्रेस पाना
फाल्गुण २०, २०८० आइतबार
  • 492
    SHARES
  • सालिन पोख्रेलको  झुण्डिएर मृत्यु भएको खुलासा ,  पोष्टमार्टम रिपोर्टमा बलात्कार नभएको पुष्टि

    काठमाडौं । चितवनको छात्रावासमा मृत्यु भएकी सालिन पोख्रेलको पोष्टमार्टम रिर्पोट मा झुण्डिएर मृत्यु भएको खुलेको छ । 

    images


    प्रहरी उच्च स्रोतका अनुसार अस्पतालले आइतबार दिएको रिपोर्टमा उनको मृत्युको कारण झुण्डिएर भएको खुलेको छ। यस्तै बलात्कार पछि हत्या गरिएको आफन्तले आसंका गरे पनि रिपोर्टमा बलात्कार नभएको पुष्टि भएको छ।जिल्ला अस्पताल चितवनमा आफन्तले पोष्टमार्टम गर्न नमानेपछि उनीहरुकै माग अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको थियो।

    गत शनिबार बिहान एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्ने १४ वर्षीया सालिन पोख्रेलको शव कोठाभित्रै झुण्डिएको अवस्थामा फेला परेको थियो।

    images

    बालिका होस्टलको कोठामा रहेको सिलिङको पंखामा डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। उक्त कोठाको ढोका भित्रबाटै बन्द गरिएको थियो।

    बिहान खाना खान बोलाउन जाँदा उनी  नआए पछि  होस्टलका कर्मचारी र उनका साथीहरुले ढोका फोडेर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।

    तर मृतकका आफन्तले भने उनको बलात्कार र हत्या भएको भन्दै विद्यालयका प्रधानाध्यापक, सहप्रधानाध्यापक र होस्टेल वार्डेनविरुद्ध किटानी जाहेरी दिएका थिए। 
    आफन्तको किटानी जाहेरीपछि प्रहरीले प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सह प्रधानाध्यापक ४० वर्षका किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो।

    अदालतले अनुसन्धानको लागि उनीहरुलाई सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। 

     

     

     

     

     

     

     

  • सम्बन्धित विषय:

  • # सालिन पोख्रेल