बुधबार, भाद्र २४ गते २०८३
images

त्रिकोणात्मक सिरिज खेल्न हङकङ जाने नेपाली क्रिकेट टोलीको बिदाइ

एक्सप्रेस पाना
फाल्गुण २४, २०८० बिहीबार
  • 319
    SHARES
  • त्रिकोणात्मक सिरिज खेल्न हङकङ जाने नेपाली क्रिकेट टोलीको बिदाइ

    काठमाडौं । हङकङमा आयोजना हुने फ्रेन्डसिप कप तथा त्रिदेशीय टी-२० सिरिजमा सहभागिता जनाउने नेपाली टोलीको बिदाई भएको छ।

    images

    नेपाल क्रिकेट संघ ९क्यान०ले हङकङको राष्ट्रिय टोलीसँगको फ्रेन्डसिप कप तथा पपवा न्युगिनी, घरेलु टोली र नेपाल सहभागी रहने त्रिदेशीय टी-२० आई सिरिजमा सहभागी हुने नेपाली टोलीको बिदाई गरेको हो।

    क्यानले यस सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको छ।

    images

    क्यानले घोषणा गरेको टोलीमा दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, ललितनारायण राजवंशी, आशिफ शेख, कुशल मल्ल लगायतलाई आराम दिएको छ। आकाश चन्दले भने पहिलो पटक टी-२० आई टोलीमा मौका पाएका छन्। लोकेश बमले लामो समय पछि टोलीमा पुनरागमन गरेको छन्।

    सिरिजमा नेपालको पहिलो खेल फागुन २७ अर्थात मार्च १० मा घरेलु टोलीसँग रहेको छ। दोस्रो खेलमा पिएनजीसँग फागुन २९ अर्थात मार्च १२ मा खेल्नेछ ।

  • सम्बन्धित विषय:

  • # त्रिकोणात्मक सिरिज
  • # नेपाली क्रिकेट