बुधबार, भाद्र २४ गते २०८३
images

पाठ्यपुस्तक समयमै विद्यार्थीको हातहातमा पुर्याउन शिक्षामन्त्री श्रेष्ठको निर्देशन

एक्सप्रेस पाना
चैत्र १, २०८० बिहीबार
  • 302
    SHARES
  • पाठ्यपुस्तक समयमै विद्यार्थीको हातहातमा पुर्याउन शिक्षामन्त्री श्रेष्ठको निर्देशन

    काठमाडौं । आउँदो शैक्षिकसत्रको भर्ना अभियान सुरु हुनुअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले निर्देशन दिएकी  छिन् । 

    images

    बिहिबार जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् । 

    मन्त्री श्रेष्ठले भनिन्, 'पाठ्यपुस्तक छपाई समयमै सम्पन्न हुनुपर्यो, पाठ्यपुस्तक समयमै विद्यार्थीको हातहातमा पुर्याउनु होला ।'

    images

    उनले जनक शिक्षा सामग्री केन्द्रमा पुगेर पुस्तक छपाइको अवस्थाबारे जानकारी लिनुका साथै पुस्तक छपाइ भइरहेका स्थानको अनुगमन एवं अवलोकन गरेकि थिइन् । 

    मन्त्री श्रेष्ठलाई केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले भर्ना अभियान सुरु हुनुअगावै विद्यार्थीको हातहातमा पाड्यपुस्तक पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

    उनले भने, '९५ प्रतिशत पाठ्यपुस्तक छपाइ सम्पन्न गरिसकेका छौँ, यही चैत १५ गतेभित्र बाँकी पाँच प्रतिशत पुस्तक पनि छपाइ सम्पन्न गर्छौँ, चैत १५ गतेदेखि नै पुस्तक वितरण थाल्छौँ, शैक्षिकसत्र सुरु हुदाँसम्म पूरै सेटमा सबै कक्षाका पाठ्यपुस्तक विद्यार्थीको हातहातमा पुर्याउँछौँ ।'

    आउँदो शैक्षिकसत्रका लागि केन्द्रले एक करोड ७५ लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्नेमा एक करोड ५७ लाख थान छापिसकेको र बाँकी १८ लाख थान पुस्तक १५ दिनभित्रमा छपाइ सम्पन्न गरेर वितरण गर्न सुरु गर्ने प्रबन्ध निर्देशक झाले बताए ।

    प्रबन्ध निर्देशक झाले पुस्तक छपाइका लागि आवश्यक कागज, मसीलगायत कच्चा पदार्थ पर्याप्त मात्रामा खरिद गरेर राखेको र पुस्तक छपाइको काम दुई सिफ्टमा सातै दिन, २४सैँ घण्टा चलिरहेको जानकारी दिए ।

    उनले पहिलो प्राथमिकता हिमाली क्षेत्र, दोस्रोमा पहाडी क्षेत्र र तेस्रोमा तराईमा तथा अनि मात्र उपत्यकामा पुस्तक वितरण गरिने बताए । 

     

  • सम्बन्धित विषय:

  • # सुमना श्रेष्ठ