काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका प्रमुुख कार्यकारी अधिकृत तुलसीराम गौतमको राजीनामा स्वीकृत भएको छ । बैंकका अनुसार प्रमुुख कार्यकारी गौतमले यही असार ३० गते दिएको राजीनामा सोही दिन बसेको सञ्चालक समितिको तीन सय ४३औँ बैठकले स्वीकृत गरेको हो ।
प्रमुख कार्यकारी गौतमको स्वीकृत राजीनामा यही साउन एक गतेदेखि कार्यान्वयनमा आउने बैंकले जानकारी दिएको छ । बैंकका अनुसार प्रमुुख कार्यकारी गौतमले राजीनामा स्वीकृत भएसँगै नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलाई कायम मुकायम प्रमुखु कार्यकारी अधिकृतमा नियुक्त गरिएको छ ।
.jpg)

