काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य बढेको छ ।
आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी सोमबार तेजाबी सुनको मूल्य पनि दुई सय रुपैयाँले बढ्दै १ लाख २६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


