आइतबार, कार्तिक १६ गते २०८३
images
images

नेपालमा मकैको आवश्यकता प्रत्येक वर्ष बढेर गएको छ :चन्द्रप्रसाद ढकाल

एक्सप्रेस पाना
चैत्र २१, २०८० बुधबार
  • 353
    SHARES
  • नेपालमा मकैको आवश्यकता प्रत्येक वर्ष बढेर गएको छ :चन्द्रप्रसाद ढकाल

    काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा मकैको आवश्यकता प्रत्येक वर्ष बढेर गएको बताएका छन् ।

    images

    बुधवार काठमाडौंमा आयोजित मकै सम्मेलनलाई सम्बोधन गर्दै उनले मकै नेपालको प्रमुख खाद्यान्न भएको हिसाबले अहिले औद्योगिक उत्पादनमा माग र महत्व बढ्दै गइरहेको बताएका हुन् । उनले नेपालमा खासगरी पशुजन्य खाद्यान्नका लागि मकैको महत्व झनै बढेर गएको बताए ।

    अध्यक्ष ढकालले नेपालमा आवश्यकताको २० प्रतिशत मात्रै स्वदेशी मकै उत्पादनले धानेको बताउँदै उनले गत आर्थिक वर्ष २०२१र२०२२ मा दाना उद्योगको लागि नेपालले १९ अर्ब ६५ करोडको मकै आयात गरेको उल्लेख गरे।  ।

    images

    उनले भने "नेपालमा खासगरी पशुजन्य प्रोडक्टहरु छ । त्यसमा मकैको निकै महत्वपूर्ण भुमिका छ । नेपालको निजी क्षेत्रको वार्षिक करिब ६ लाख मेट्रिक्टन मकै आवश्यक पर्ने र १४० फिड मिलमा करिब ४० अर्ब जति लगानी गरेको तथ्यांक छ । यसमा नेपालको आवश्यकताको २० प्रतिशत मात्रै स्वदेशी उत्पादनले धानेको छ । बाँकी भारत लगायत तेस्रो मुलुकबाट आयात गरिएको छ । नेपालमा मकैको आवश्यकता औद्योगिक उत्पादनको लागि प्रत्येक वर्ष बढेर गएको छ । जस्तो गत आर्थिक वर्ष २०२१र२०२२ मा दाना उद्योगको लागि नेपालले १९ अर्ब ६५ करोडको मकै आयात गरेको देखिन्छ । मकैको उत्पादन वृद्धिका लागि केही पहलहरू भएपनि पर्याप्त छैनन् ।"

    अध्यक्ष ढकालले आन्तरिक मागलाई धान्नसक्ने गरी कृषिजन्य उत्पादन बढाउनुपर्नेमा बताए ।