काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य घटेको छ ।
आइतबार प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य आज तोलामा ४ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मुल्य भने आज तोलामा ५ रुपैयाँले बढेर प्रति तोला १ हजार ६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


