काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय तहका पाठ्यपुस्तक पुनः प्रयोगको सम्भावनालाई ध्यान दिन आग्रह गरेकी छन् ।
आइतबार संसद्को शिक्षा स्वास्थ तथा सूचना प्रविधि समिति बैठकमा मन्त्री श्रेष्ठले सरकारले हरेक वर्ष निःशुल्क पाठ्यपुस्तकका लागि रकम विनियोजन गर्दै आएकोमा परिवर्तन नभएका पुस्तक पुनः प्रयोग गर्न सकिए उत्पादन र वितरणमा लाग्ने रकम बचत भई छात्रवृत्तिमा लगाउन सकिने बताएकी हुन् ।
मन्त्री सचिवालयका अनुसार सामुदायिक विद्यालयको कक्षामै पुगेर पुस्तक पुनः प्रयोगबारे बुझाउने कार्यक्रम तय भएको बताइएको छ ।


