बुधबार, भाद्र २४ गते २०८३
images

साफ महिला च्याम्पियनसिपका लागि प्रारम्भिक महिला टोलीको घोषणा

एक्सप्रेस पाना
जेठ १६, २०८१ बुधबार
  • 348
    SHARES
  • साफ महिला च्याम्पियनसिपका लागि प्रारम्भिक महिला टोलीको घोषणा

    काठमाडौं । बंगलादेशमा हुने साफ महिला च्याम्पियनसिपका लागि प्रारम्भिक महिला टोलीको घोषणा भएको छ।

    images

    महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रारम्भिक चरणमा ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्। 

    ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने प्रशिक्षण आइतबारदेखि सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। 

    images

    प्रारम्भिक महिला टोलीमा गोलरक्षकतर्फ एञ्जिाला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, सुशीला कुमारी चौधरी रहेका छन् भने डिफेन्डरमा अमृता जैसी, गीता राना, हिरा कुमारी भुजेल, विमला विक, निसा थोकर, समिक्षा घिमिरे, पुजा राना, सविना चौधरी, गंगा गुरुङ रहेका छन् । 

    मिडफिल्डरमा अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रिती राई, दिपा शाही, विमला चौधरी, चन्द्रा भण्डारी, सरस्वती हमाल, रेनुका नगरकोटे, सरु लिम्बु, मनमाया दमाइ, तुल्सा बोहोरा रहेका छन् भने फरवार्ड सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, सविता रानामगर, ममता पुन रहेका छन् । 

     

  • सम्बन्धित विषय:

  • # एन्फा