काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले पछिल्लो समय अर्बौं रुपैयाँ हिनामिनाका कारण संकट देखिएको सहकारी क्षेत्रको समस्या समाधान हुने बताएका छन् ।
बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले मंगलबार संसद्मा प्रस्तुत गरिएको बजेटबारे यस्तो बताएका हुन् ।
मन्त्री पुनले सहकारीमा संरचनागत र नीतिगत सुधार गरिने बताए ।
उनले भने, "सहकारीमा संरचनागत र नीतिगत सुधार गरिन्छ । बचतकर्ताले हराएको भनिएको आफ्नो बचतबारे चिन्ता लिनुपर्दैन’, । ‘सहकारीमा हिनामिना भएको बचत फिर्ता आउँछ । हामी यो क्षेत्रको समस्या समाधान गर्छौं ।"
अर्थमन्त्री पुनले बजेट ल्याउन हतारो र राजनीतिक दबाब महशुस गरेको बताए ।
"बजेट तयारीका क्रममा हतारोजस्तो थियो । तर हामी सबै रिल्याक्स मुडमै छौं’, उनले भने, ‘सोमबार बिहान साढे ३ बजेसम्म मन्त्रालयमै थिएँ । त्यसपछि गएर सुतेँ । अर्थसचिवलले म्याट्रेस ल्याउनुभएको रहेछ, ।’ ‘बजेट नै आउनेरनआउने टुङ्गो थिएन’, ‘तर अहिले बजेट सन्तुलित आएको प्रतिक्रिया प्राप्त भएको छ, हामी खुशी छौँ ।"
.jpg)


