काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला १८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
त्यस्तै, आज तेजावी सुन पनि १८ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ४३ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


