आइतबार, कार्तिक १६ गते २०८३
images
images

बालेन्द्र शाह ब्राजिल प्रस्थान

एक्सप्रेस पाना
आषाढ ३, २०८१ सोमबार
  • 375
    SHARES
  • बालेन्द्र शाह ब्राजिल प्रस्थान

    काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन् ।

    images

    असार ५ र ६ गते ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन आज बिहान २ः१५ बजेको उडानबाट उनी ब्राजिल प्रस्थान गरेको सचिवालयले जनाएको छ ।

    प्रमुख शाह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य पनि हुन् ।

    images

    प्रमुख शाहलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, स्वकीय सचिव भूपदेव शाह, सचिवालय सदस्य धिरज जोशी र नविन भण्डारीले त्रिभुवन विमानस्थलको विशिष्ट कक्षबाट विदाइ गरेका थिए ।
     

  • सम्बन्धित विषय:

  • # बालेन्द्र शाह