आइतबार, कार्तिक १६ गते २०८३
images
images

साहस उर्जाको आईपीओ बाँडफाँट आगामी आइतबार 

एक्सप्रेस पाना
आश्विन १५, २०७८ शुक्रबार
  • 451
    SHARES
  • साहस उर्जाको आईपीओ बाँडफाँट आगामी आइतबार 

    असोज १५  काठमाडौं । साहस उर्जाले साधारण सेयर (आईपीओ) बाँडफाँट आगामी आइतबार हुने भएको छ । कम्पनीले ६ देखि  १० असोजसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको प्रि–अलटमेन्ट आज गरेको हो । कम्पनीले १७ असोजमा बिक्री प्रबन्धकको कार्यालय लाजिम्पाटमा बिहान ९ बजे आईपीओ बाँडफाँट गर्ने मिति तय भएको छ

    images

    कम्पनीको आईपीओमा अन्तिम दिन १० असोजसम्ममा २४ लाख ६२ हजार भन्दा बढी आवेदकले तीन करोड ४३ लाख कित्ताका  लागि आवेदन दिएका थिए । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाद्वारा बाँडफाँड गरिने कम्पनीको आईपीओको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ । 

    कम्पनीले असोज ६ गतेदेखि असोज १० गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्य दरका ७० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । जसमध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो । 

    images