काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्न लागेको छ ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले आज नतिजा सार्वजनिक गर्न लागिएको जानकारी दिए ।
बोर्डले बुधबार नै नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, केही प्राविधिक तयारी नपुगेको भन्दै आज सार्वजनिक गर्न लागेको हो ।
गत चैतमा सञ्चालन भएको शैक्षिक सत्र २०८० को एसईई परीक्षामा देशभरबाट ४ लाख ९१ हजार ४९७ परीक्षार्थी सहभागी भएका थिए ।



