आइतबार, कार्तिक १६ गते २०८३
images
images

एन आई सी एशिया बैंकको भाइबर स्टिकरमा सहभागी भई आकर्षक उपहार जित्ने अवसार

एक्सप्रेस पाना
आश्विन १५, २०७८ शुक्रबार
  • 517
    SHARES
  • एन आई सी एशिया बैंकको भाइबर स्टिकरमा सहभागी भई आकर्षक उपहार जित्ने अवसार

    असोज १५ काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो भाइबर कम्युनिटीमार्फत ग्राहक महानुभावहरू माझ उपस्थिति जनाउने उद्देश्यका साथ आफ्नो भाइबर स्टिकर सार्वजनिक गरेको छ । हालसम्म ४८ हजार भन्दा बढी सदस्यहरू जोडिएको यस भाइबर कम्युनिटीमार्फत ग्राहकहरूको उपस्थितिलाई प्रवद्र्धन गर्ने अभिप्रायले बैंकले एन आई सी एशिया भाइबर ‘क्विज बज’ समेत सञ्चालनमा ल्याएको छ । जसमा दैनिक सहभागी भई भाइबर प्रयोगकर्ताहरूले दैनिक तथा साप्ताहिक रुपमा आकर्षक उपहारहरू जित्न सकिनेछ । 

    images

    यहि असोज १४ देखि कात्र्तिक १० गतेसम्म सञ्चालन हुने यस क्विज बजमा दैनिक सहभागी भई त्यहाँ सोधिने प्रश्नको सही जवाफ दिने एक जनाले साप्ताहिक रुपमा आकर्षक स्मार्टवाच जित्न सकिने बैंकले जनाएको छ । त्यस्तै हरेक दिन ४ जनाले रू५०० को  रिचार्ज समेत जित्न सकिनेछ । 

    उक्त उपहारहरु जित्नको लागि बैंकको भाइबर कम्युनिटीमा जोढिइ त्यहाँ रहेको बैंकका भाइबर स्टिकर डाउनलोड गर्नुपर्ने हुन्छ । प्रतियोगिता अन्तर्गत सोधिने प्रश्नमा दिइएका चार वटा विकल्पहरू मध्येबाट सहभागी महानुभावहरूले सही जवाफ दिनुपर्ने छ । यसरी सोधिएका प्रश्नहरू मध्ये कुनै एक प्रश्नको मात्रै सही जवाफ दिँदा समेत सहभागीहरू विजेता बन्न सकिने र जति धेरै सही जवाफ दिने त्यति नै धेरै पुरस्कार जित्ने सम्भावना बलियो हुने व्यवस्था गरिएको बैंकले बताएको छ । त्यस्तै धेरै सहभागीहरूबाट सही उत्तर आएको खण्डमा गोलाप्रथाबाट विजेता छनौट गर्ने व्यवस्था गरिएको जनाएको छ । छ ।

    images