आइतबार, कार्तिक १६ गते २०८३
images
images

सरकारले यस वर्ष चितवनमा रोपाइँ महोत्सव मनाउने

एक्सप्रेस पाना
आषाढ १३, २०८१ बिहीबार
  • 453
    SHARES
  • सरकारले यस वर्ष चितवनमा रोपाइँ महोत्सव मनाउने

    काठमाडौं । सरकारले २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ मनाउने भएको छ । 

    images

    बिहीबार २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ मूल समारोह समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असार १५ गते राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने बताएको हो । 

    समितिका संयोजक तथा कृषि विभागका महानिर्देशक नरहरिप्रसाद घिमिरेले धानको उत्पादन वृद्धि, आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्नेगरी २०६१ सालदेखि नियमित रूपमा प्रत्यक वर्ष असार १५ गते विगतको जस्तै गरी राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने तयारी भएको बताए । 

    images

    उनले यो वर्ष ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी धान दिवस मनाइने बताए । उनले जलवायु परिवर्तनको कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिहरूको अनुसन्धान र विकास एंव उपलब्ध प्रविधिहरूको प्रचार गरी तिनको अवलम्बन गर्न कृषकलाई सचेत गराई धान उत्पादन र उत्पादकत्व बढाउनु पर्ने यस वर्षको सन्देश रहेको बताए । 

    उनले  यस वर्षको असार १५ गते चितवनको बछौलीमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने योजना रहेको बताए । 

    उनले यही असार १२ गतेसम्म देशभर ९.८ रोपाइँ भएको जानकारी दिए । उनका अनुसार कोसी प्रदेशमा ५.६, मधेस प्रदेशमा २.९, वाग्मती प्रदेशमा १८.३, गण्डकी प्रदेशमा ८.३, लुम्बिनी प्रदेशमा ८.८, कर्णाली प्रदेशमा २३.९ र सुदूरपश्चिम प्रदेशमा २५।० प्रतिशत खेतमा धान रोपाइँ छ । उनले अहिलेसम्म कुल धान रोपाइँ हुने क्षेत्रफल १३ लाख ९८ हजार ८३६ मध्ये एक लाख ३६ हजार ४११ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको बताए ।