काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मुल्य बढेको छ ।
बुधबार प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १६ सय रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
आज चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


