आइतबार, कार्तिक १६ गते २०८३
images
images

आजदेखि प्रभु बैंकले संस्थापक सेयर लिलामी बिक्री गर्दै

एक्सप्रेस पाना
आश्विन १७, २०७८ आइतबार
  • 352
    SHARES
  • आजदेखि प्रभु बैंकले संस्थापक सेयर लिलामी बिक्री गर्दै

    असोज १७ काठमाडौं । प्रभु बैंकले आज आइतबारदेखि संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४ लाख ९७ हजार ८११ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । 

    images

    संस्थापक सेयरको प्रतिकित्ता २०५ रुपैयाँ तोकिएको छ । यसमा लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी जनाउन सक्नेछन् । यसमा बैंकका संस्थापक सेयरधनी, व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन् । यसमा आवेदकले २५ असोजसम्म आवेदन दिन सकिनेछ ।

    बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । आवेदकले प्रभु क्यापिटल कमलादी काठमाडौंमा पुग्नेगरी लिलामीको बोलपत्र पेस गर्नुपर्नेछ । 

    images