शनिबार, भाद्र २७ गते २०८३
images

बंगलादेशमा अध्ययनरत विद्यार्थीलाई आज नेपाल ल्याइँदै

एक्सप्रेस पाना
श्रावण ६, २०८१ आइतबार
  • 277
    SHARES
  • बंगलादेशमा अध्ययनरत विद्यार्थीलाई आज नेपाल ल्याइँदै

    काठमाडौं ।  बंगलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आज नेपाल ल्याइँदै छ ।

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशमा अध्ययनरत विद्यार्थीलाई आज काठमाडौं ल्याइने बताएका हुन् ।

    परिवारको मागबमोजिम बंगलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन प्रबन्ध मिलाइएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।

    images

    ूबंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहेका छन् । ती विद्यार्थीका परिवारसँग आज मेरो भेट भयो । परिवारको मागबमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीलाई भोलि बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौं फर्काउने प्रबन्ध गरिएको छ,ू प्रधानमन्त्री ओलीले शनिबार राति सामाजिक सञ्जालमा लेखेका छन् ।


    बंगलादेशमा सरकारी सेवा प्रवेशमा निर्धारित गरिएको आरक्षणको विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । करिब तीन हजार नेपाली विद्यार्थी बंगलादेशमा रहेका ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।