काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य १३ सय रुपैयाँले घटेको छ ।
शुक्रबार प्रतितोला १ लाख ४७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यसैगरी, आज चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


