आइतबार, कार्तिक १६ गते २०८३
images
images

राष्ट्र बैंकले घटायो बैंकदर र निक्षेप सङ्कलनदर

एक्सप्रेस पाना
श्रावण ११, २०८१ शुक्रबार
  • 325
    SHARES
  • राष्ट्र बैंकले घटायो बैंकदर र निक्षेप सङ्कलनदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गरेको छ । 

    images

    नयाँ मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंकदर र निक्षेप सङ्कलनदर घटाएको छ ।

    मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने, "ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत र नीतिगत दर ५.५ प्रतिशतबाट ५ प्रतिशत कायम गरिएको छ’, ब्याजदर करिडरको तल्लो सीमाका रूपमा रहेको तीन प्रतिशतको निक्षेप सङ्कलन दरलाई भने यथावत् राखिएको छ ।"

    images

    बैंकदरमा स्थायी तरलता सुविधा प्रदान हुने व्यवस्थालाई निरन्तरता दिँदै स्थायी तरलता उपलब्ध हुने सर्तहरूलाई लचिलो बनाइने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थालाई निरन्तरता दिइएको छ ।

  • सम्बन्धित विषय:

  • # मौद्रिक नीति