शनिबार, भाद्र २७ गते २०८३
images

एसईईको पुरक परीक्षा आजदेखि सुरु

एक्सप्रेस पाना
श्रावण २३, २०८१ बुधबार
  • 223
    SHARES
  • एसईईको पुरक परीक्षा आजदेखि सुरु

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुरक परीक्षा आजदेखि सुरु हुँदैछ । 

    images

    यसअघि उत्तीर्ण हुन नसकेकालाई राष्ट्रिय परीक्षा बोर्डले बुधबारदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिएको हो।

    परीक्षा बिहान ११ बजेदेखि सुरु हुनेछ भने परीक्षामा दुई लाख १० हजार विद्यार्थी सहभागी छन्।

    images

    परीक्षाका लागि देशभर पाँच सय ५० केन्द्र निर्धारण गरिएको छ। परीक्षा साउन ३१ गतेसम्म सञ्चालन हुनेछ। नतिजा असोजको पहिलो हप्ता भित्र सार्वजनिक गर्ने बोर्डले जनाएको छ। पुरक परीक्षामा उत्तीर्ण विद्यार्थीले यसै वर्ष कक्षा ११ को अध्ययन गर्न पाउनेछन्।