काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
आइतबार १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १०० रुपैयाँले घटेर प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, यो दिन आज चाँदीको मूल्य तोलाको १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो प्रतितोला १ हजार ७२० रुपैयाँ कायम थियो ।


