आइतबार, कार्तिक १६ गते २०८३
images
images

देशभर मनसुनी वायुको प्रभाव,हल्कादेखि मध्यम वर्षाको सम्भावना

एक्सप्रेस पाना
भाद्र २, २०८१ आइतबार
  • 229
    SHARES
  • देशभर मनसुनी वायुको प्रभाव,हल्कादेखि मध्यम वर्षाको सम्भावना

    काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

    images

    हालदेशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा कोसी, वाग्मती र  गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन  चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

    images

    राति, देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मनसुनी वायु