काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ ।
आज सुनको मूल्य एकैपटक तोलामा ३ हजार रुपैयाँ बढेर कीर्तिमानी कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो।यसअघि गत साउन २९ गते सुनको मूल्य हालसम्मकै उच्च भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य तोलाको १ हजार ८१० रुपैयाँमा कायम भएको छ । शुक्रबार दिन यसको मूल्य प्रतितोला १ हजार ७६० रुपैयाँ कायम थियो ।


