आइतबार, कार्तिक १६ गते २०८३
images
images

सहकारी छानबिन विशेष समितिले आज रवि लामिछानेसंग सोधपुछ गर्ने

एक्सप्रेस पाना
भाद्र ७, २०८१ शुक्रबार
  • 385
    SHARES
  • सहकारी छानबिन विशेष समितिले आज रवि लामिछानेसंग सोधपुछ गर्ने

    काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज रास्वपाका सभापति रवि लामिछानेलाई बयान लिने भएको छ । 

    images

    लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले बताएका हुन् ।

    समिति लामिछानेलाई दिउँसो २ बजे सोधपुछका लागि बोलाइएको छ। लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि आजै बयानका लागि बोलाइएको छ । 

    images

    समितिले गत आइतबार रास्वपा सहमहामन्त्री विपिन आचार्यलाई बोलाएर  बयान लिएको थियो । लामिछानेले जीवी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा सहकारीको पैसा अपचलन गरेको आरोप छ । 

     

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • # सहकारी छानबिन विशेष समिति