मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार सुनको मूल्य स्थिर,कतिमा हुदैँछ कारोबार?

एक्सप्रेस पाना
भाद्र ११, २०८१ मंगलबार
  • 249
    SHARES
  • मंगलबार सुनको मूल्य स्थिर,कतिमा हुदैँछ कारोबार?

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

    images

    आज छापावाला सुन प्रतितोला  १ लाख  ५२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    सोमबार पनि सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँ नै कारोबार भएको थियो । गत बुधबार सुनको मूल्य हालसम्मकै उच्च थियो ।  बुधबार  सुनको मूल्य तोलाको १ लाख  ५३ हजार  रुपैयाँ कायम थियो ।

    images

    यसैगरी, आज चाँदीको मूल्य तोलाको १ हजार ८५० रुपैयाँ कायम भएको छ । सोमबार भने यसको मूल्य प्रतितोला १ हजार ८४० रुपैयाँ थियो ।  

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य