काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य स्थिर छ ।
आज छापावाला सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार पनि सोहि मुल्यमा कारोबार भएको थियो ।
आजचाँदीको मूल्य पनि स्थिर छ । बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ ।


