मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा

एक्सप्रेस पाना
भाद्र २६, २०८१ बुधबार
  • 242
    SHARES
  • बुधबार सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । 

    images

    आज सुन तोलामा एक हजारले बढेर प्रतितोलाको एक लाख ५३ हजार ४सय रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।

    यस अघि मंगलबार सुन तोलाको १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

    images

    त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १७८०  रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य