आइतबार, कार्तिक १६ गते २०८३
images
images

आज संविधान दिवस,देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

एक्सप्रेस पाना
आश्विन ३, २०८१ बिहीबार
  • 429
    SHARES
  • आज संविधान दिवस,देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

    काठमाडौं । आज असोज ३ गते अर्थात संविधान दिवस । आज संबिधान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

    images

    आज नागरिक स्तरबाट संबिधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा काठमाडौँको दरबारमार्गमा नेशनल डे कन्सर्ट गरिदै छ ।   

    बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् ।

    images

    सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।

    संबिधान दिवसको अवसरमा सरकारले आज सार्बजनिक बिदा दिएको छ ।

  • सम्बन्धित विषय:

  • # संविधान दिवस