काठमाडौं । संविधान दिवसको अवसरमा सैनिकमञ्च टुँडिखेलमा आज विशेष कार्यक्रम आयोजना गरिएको छ ।
संविधान दिवसको मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका छन् ।
साथै संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विशिष्ट अतिथिहरु पनि सहभागी भएका छन् । समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले साँस्कृतिक झाँकी प्रस्तुत गरेका छन् । शान्तिको प्रतीक सेतो परेवा पनि उडाइएको थियो ।



.jpg)


