काठमाडौं । साफ यू–१७ च्याम्पियनसिपमा नेपालले अन्तिम खेलमा आज घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।
सेमिफाइनल प्रवेशका लागि नेपालले यो खेल जित्नैपर्ने हुन्छ । खेल नेपाली समयअनुसार बेलुका ५ः४५ बजेदेखि सुरु हुनेछ ।
समूह बी मा रहेको नेपाल दुई खेलबाट तीन अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । पहिलो खेलमा पाकिस्तानसँग नेपाल १–० गोलले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले श्रीलंकालाई ४–० गोलले पराजित गरेको थियो ।
भुटान चार अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । समान अंक भए पनि गोल अन्तरका आधारमा पाकिस्तान दोस्रो स्थानमा छ । आज नै पाकिस्तानले श्रीलंकासँग खेल्नेछ ।


