आइतबार, कार्तिक १६ गते २०८३
images
images

पर्वतमा चार महिनादेखि एक महिला बेपत्ता

एक्सप्रेस पाना
श्रावण ४, २०७८ सोमबार
  • 411
    SHARES
  • पर्वतमा चार महिनादेखि एक महिला बेपत्ता

    पर्वत । पर्वतमा चार महिनादेखि एक महिला बेपत्ता भएकी छन् ।   पर्वत जलजला गाउँपालिका लेखफाँटस्थित ४६ वर्षीय दुर्गा देवि सुवेदी बिगत चार महिना देखि बेपत्ता भएकी हुुन् । गत वर्ष फाल्गुन १६ गते ७ बजे घर बाट निस्केकी सुबेदी नागी भन्ने ठाउँमा पुगेको एक जना स्थानीय शिक्षकले देखेका छोरी कमला सुवेदीले बताएकी छन् । 

    images

    शारीरिक र मानसिक अवस्था सन्तुलन भएकी तर के कारण एक्कासी परिवारबाट टाढा हुनु भयो, अहिलेसम्म कुनै तथ्य एकिन नपाएको जानकारीमा आएको छ । 

    गत फाल्गुनदेखि हराएर लेखफाँट प्रहरी चौकीमा निवेदन आएसँगै खोजि कार्य तीब्र रुपमा अगाडि बढाइएता पनि अहिले सम्म कहिँ कतै जानकारीमा नआएको जलजला प्रहरी चौकी लेखफाँटले जनाएको छ।

    images

    आफ्नो जन्म दिएकी आमा एक्कासि हराउँदा आफन्त, नागरिक समाज, सञ्चार माध्यम, पत्रकार, मानव अधिकारकर्मी, महिला अधिकारकर्मी, बुद्धिजीवीलगायात सम्पूर्णमा खोजि कार्यलाई अगाडि बढाइदिनु हुन सबैलाई अपिल गरेकी छन्। साथै कहिँ कतै फेला परेमा सम्पर्क नं ९८४५३७११५१ मा खबर गरिदिनुहुन छोरी सुवेदीले अनुरोध गरेकी छन्। लोकपाटीबाट ।