काठमाडौं । काठमाडौबाट पोखराका लागि छुटेको माइक्रोबस नुवाकोटमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
नागढुङ्गाबाट प्रहरीले बाहिर जान अनुमति नदिएका कारण ग १ ख ४५३५ नम्बरको माइक्रोबस टोखा–छहरे, त्रिशुली हुँदै गल्छी निस्केर पोखरा जान लागेको थियो । नुवाकोटको शिवपुरी गाउँपालिका–७ चापाबोटको सडकबाट माइक्रोबस खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
उक्त माइक्रो बसमा १८ जना सवार थिए जसमध्ये १२ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका १२ जनालाई उद्धार गरेर उपचारका लागि काठमाण्डौको ग्रीनसिटी अस्पतालमा ल्याइएको छ ।
.jpg)


