काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
आज सुुनको मूूल्य तोलामा ४ सय रुपैयाँले बढेर एक लाख ६५ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मुल्य हाल सम्मै उच्च मुल्य हो ।
अघिल्लो कारोबार दिन शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ९५ रुपैयाले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।


