काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढ्नेक्रम आज पनि जारी रहेको छ ।
सोमबार पनि सुनको मुल्यले नयाँ किर्तिमान बनाएको छ । आज तोलाको ६ सय रुपैयाँले बढेर एक लाख ६५ हजार ६ सयरुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो अहिलेसम्मकै उच्च मुल्य हो ।
यस अघि आइतबार सुन तोलाको एक लाख ६५ हजारमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर २०९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


