काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनैपिच्छे नयाँ रेकर्ड बनाउँदै आएको छ ।
विगत एक साता देखि उच्च रहेको सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको हो । बुधबार सुनको मुल्य तोलामा ८ सय रुपैयाँले बढेर प्रति तोला एक लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो मुल्य हाल सम्मकै उच्च मुल्य हो । अघिल्लो कारोबार दिन मंगलबार छापावाला सुन प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार १ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।


